माओवादीका विद्यार्थी नेताहरूद्वारा त्रिविका रजिष्ट्रार रिजाललाई कुटपिट
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता, कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार केदार रिजालमाथि हातपात गरेका छन् ।
त्रिवि उपकुलपति प्राडा. दीपक अर्यालको कार्यकक्ष अगाडि ढोकामा रिले अनशन बसेका क्रान्तिकारी नेताहरूले रजिस्ट्रार रिजालमाथि हातपात गरेको त्रिवि प्रशासनले जनाएको छ ।
उनीमाथि हातपात गरेको भन्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष अटल आचार्य, उपत्यका विशेष प्रदेश इन्चार्ज निरोज श्रेष्ठलगायतका नेताहरू पक्राउ परेका छन् । अर्यालको कार्यकक्ष अगाडि ढोकामा अखिल क्रान्तिकारीले १९ दिनदेखि धर्ना दिइरहेको थियो ।
विद्यार्थी नेताहरूले रजिस्ट्रार रिजाललाई टेबल क्यालेण्डर प्रहार गर्नुका साथै पानीको गिलासले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । तोडफोडबाट रजिस्ट्रार कार्यालय क्षतिग्रस्त भएको छ भने रजिस्ट्रार रिजाललाई सामान्य चोट लागेको छ । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया