मझगावा पोष्टका सशस्त्र प्रहरीका जवान खत्री पक्राउ
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई १५ हजार रूपियाँ घूसको रकमसहित पक्राउ गरेको छ ।
सोमबार रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान खत्री घूसको रकमसहित पक्राउ गरेको हो ।
खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले १५ हजार रूपियाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताएका छन् ।
Published : Monday, 2025 August 11, 8:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया