गृहमन्त्रीविरुद्ध तयारी परिएका नक्कली पीडितसँग पार्टी कार्यालयमा भेटेको सुमनाद्वारा स्वीकार

काठमाडौं । नक्कली व्यक्तिहरू खडा गरेर गृहमन्त्री रमेश लेखकविरुद्ध मानव तस्करीको अभियोगमा कीर्ते निवेदन दिन लगाएको अभियोग लागेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवम् केन्द्रीय सदस्य सुमना श्रेष्ठले घुमाउरो भाषामा नक्कली पीडितहरूसँग भेट गरेको स्वीकार गरेकी छिन् ।
सुमनाले नक्कली पीडितहरूलाई रास्वपाको पार्टी कार्यालयमा बोलाएर गृहमन्त्री लेखकविरुद्ध निवेदन लेख्न लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिन लगाएको भनेर स्वयम् नक्कली पीडितहरूले भिडियो सन्देशमार्फत बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णयको अनुसार जनताको गुनासो सुन्न नियमित समय छुट्ट्याइएको छ । तालिकाबमोजिम मिति २०८२ जेष्ठ २६ गते रास्वपा कार्यालयमा उपस्थित भई जनताको गुनासो सुन्ने जिम्मा मेरो थियो,’ सुमनाले विज्ञप्तिमा भनेकी छिन् ।
‘जनप्रतिनिधि भएपछि जनताको दुःख र गुनासो सुन्नु मेरो कर्तव्य हो र यो काम निरन्तर रूपमा मलगायत रास्वपाका हरेक सांसदले गरिरहेका छौँ,’ सुमनाले भनिन्, ‘सोही दिन नेपालबाट विभिन्न देश पठाइदिन्छु भनी पैसा लिएको तर नपठाएर ठगीमा परेका केही व्यक्तिको समस्या सुनेँ र त्यसैको आधारमा कानूनी उपचारतर्फ जान सुझाव दिएकी थिएँ ।’
उनले भनिन्, ‘त्यस लगत्तै आफू संसद भवन लागेँ । तर, त्यसपछि उहाँहरूलाई अख्तियारमा उजुरी दिन सुझाइएको, उजुरी पत्र पार्टी कार्यालयमै लेखाइएको र गृहमन्त्री रमेश लेखकको समेत नाम लेख्न लगाएको कुरा सामाजिक सञ्जालमा आएपछि थाहा पाएँ ।’
रास्वपाकी नेतृ सुमनाद्वारा नक्कली पीडित बनाइएका गोरखा घर भएका मनोज गुरुङले रास्वपाको पार्टी कार्यालयमा गृहमन्त्री लेखकविरुद्ध उजुरी दिन नेतृ सुमना श्रेष्ठले दवाव दिएको भिडियोमा बताएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया