विद्यार्थीको भविष्य निर्माण गरेर परिवार पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूका जायज मागलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा देउवाले आन्दोलनपछि शिक्षकहरूसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने बताए ।
उनले शिक्षकहरूको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्ने बताए ।
सभापति देउवाले शिक्षक, प्राध्यापकका जायज मागहरूलाई पूरा गराउनका लागि आफूले पनि सक्दो पहल गर्ने बताएका छन् ।
विद्यार्थीको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्नुपर्ने कुरा शिक्षकहरूलाई सहज नरहेको सभापति देउवाले बताएका छन् ।
सभापति देउवाले अहिले नेविसंघमा आबद्ध हुने विद्यार्थीको संख्या कम भएको बताएका छन् । उनले नेविसंघको संगठन निर्माणमा ध्यान दिन पनि सुझाव दिएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया