गृहमन्त्रीको राजीनामा माग्नु भनेको राजनीतिक पूर्वाग्रह : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको बताए । उनले दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।
कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाले बताएका छन् ।
गृह मन्त्रालय अन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सभापति खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने बताए ।
राजनीतिक पूर्वाग्रही भएर माओवादी, रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागेका छन् । उनीहरूलाई सभापति खतिवडाले झट्का लाग्ने जवाफ दिएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया