त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै देउवाले स्व.रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताए ।
देउवाले पार्टीमा स्व.रेग्मी जस्ता व्यक्तिहरू धेरै कम रहेको बताएका छन् । उनले भने, ‘उहाँ (रेग्मी) अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो ।’
‘धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्,’ देउवाले भने, ‘सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन् ।’
उनले भने, ‘उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ ।’
सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया