न्युयोर्कमा जीपी फाउण्डेशनका अध्यक्ष घिमिरे सम्मानित

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्विन्सवोरोकी जिल्ला न्यायाधीश मेलिन्दा काजले एशिया प्यासाफिक आईल्यान्डर हेरिटेज महिनाको उत्सव मनाउँदै समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरेकी छिन् ।
न्यायाधीश काजले गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलाई सम्मान गरेकी हुन् ।
अध्यक्ष घिमिरेलाई सम्मानित गर्नपाउँदा आफूलाई अत्यन्त खुशी लागेको न्यायाधीश काजले बताएकी छिन् । न्युयोर्क राज्यका विधानसभा सदस्य स्टीभन रागाले पनि अध्यक्ष घिमिरेलाई सम्मानपत्रले सम्मान गरेका छन् ।
सम्मान समारोहमा फाउन्डेशनका पदाधिकारीहरू कोषाध्यक्ष रेखा श्रेष्ठ, कार्यसमिति सदस्य सूर्य सिम्खडा, पासाङ गोपर्मा शेर्पा, समाजसेवीहरू उर्गेन शेर्पा, लाना तु, मिसेल बार्थ, अनवर मोहम्मद, माईल्स पार्कर, जिमी होंग, किट्टी लिईन, गीता अधिकारी, योगेन्द्र अधिकारी, दीपक रायमाझी, आंगेलु शेर्पा, सुकमान तामाङ, ईन्द्र बुढा मगर, विद्यार्थी स्वयंसेवकहरू देविका कार्की, पूर्णिमा मगर, अमिता श्रेष्ठ र ग्रिश रायमाझी लगायत एवं शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
फाउण्डेशनका अध्यक्ष घिमिरेले संस्थाको सामाजिक कार्यको समग्र उच्च मूल्यांकन गर्दै आफूलाई सम्मानित गरेकोमा अत्यन्त गौरवान्वित भएको बताए ।
फाउण्डेशनले न्युयोर्कमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । कोरोना लगायत विभिन्न समाजसेवामा कार्य गर्दै आए वापत बेलाबेला फउण्डेशन सम्मानित हुँदै आएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया