दर्ता गर्न नमानेपछि फेसबुकप्रति सरकार नरम

काठमाडौं । दर्ता गर्ने विषयमा नेपाल सरकार फेसबुकप्रति लचक बनेको छ ।
चैत ७ गते एक महिनाको समय सकिएपछि सरकारले पुनः एक हप्ता म्याद थप गरेको थियो । फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य भएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताएका छन् । ढिलोचाँडो मेटासहितका कम्पनी दर्तामा आउनैपर्ने उनले बताएका छन् ।
फेसबुक रिस्ट्रचरिङ फेजमा रहेका कारण पनि तत्काल दर्तामा नआएको भन्ने सुन्नमा आएको प्रवक्ता ठाकुरले बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्तामा नआए फेसबुकलाई बन्द गर्ने चेतावनी दिएका थिए । मन्त्री गुरुङको चेतावनीलाई फेसबुक (मेटा कम्पनी)ले टेरपुच्छर लगाएन ।
नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याबमात्र दर्ता भएका छन् । अझै केही ठूला कम्पनी दर्तामा आएका छैनन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया