लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते बस्ने
मसुरिया । लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गरेका हुन् ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदले वैशाख ३१ गते प्रदेशसभाको छैटौँ अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारले वैशाख ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्ने गरी आह्वान भएको बताए ।
Published : Saturday, 2025 May 10, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया