पाकिस्तानमा अध्ययनरत् विद्यार्थी एवम् अन्य नेपालीहरूको हितमा सचेत छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवम् अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवम् नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

मन्त्रालयले भनेको छ, ‘यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवम् त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नु हुनेछ ।’

Published : Friday, 2025 May 9, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया