मुस्लिमविरुद्ध उत्तेजक अभिव्यक्ति दिने ज्ञानबहादुरलाई कारबाही गर्न कांग्रेस नेताद्वारा सभामुखसँग माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानबहादुर शाहीका विवादास्पद अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कारबाहीको माग गरेका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएर नेता डा.अन्सारीले राप्रपा सांसद शाहीका अभिव्यक्तिले साम्प्रदायिकता र मुस्लिम समुदायलाई होच्याएको बताएका छन् । उनले सांसद शाहीलाई आफ्ना विवादास्पद अभिव्यक्ति फिर्ता लिएर माफी माग्न सचेत गराएका छन् ।
डा.अन्सारीले भने, ‘राप्रपा पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानबहादुर शाहीले २०८२ साल वैशाख १० गते दिएको अभिव्यक्तिप्रति मुस्लिम समुदाय लगायत संविधान पक्षधर सबै नागरिकको ध्यानाकर्षण भएको छ ।’
‘ज्ञनबहादुर शाहीले दिनुभएको अभिव्यक्तिमा केही कुराहरू कपोलकल्पित, अनर्गल, विभेदपूर्ण, अप्रासङ्गिक छन्। साम्प्रदायिक भाव बोकेका यस्ता कुराहरूले तिक्तता बढाउँछ, शान्ति र सुव्यवस्थालाई खल्बल्याउँछ’, उनले भने ।
मुस्लिम आयोगको प्रतिवेदन वा महालेखा परीक्षकको प्रतिवेदन नपढी राप्रपा प्रवक्ता र प्रतिनिधि सभा सदस्यजस्तो सम्मानित व्यक्तिले हचुवाको भरमा मीठो शैलीमा झूट बोलेर मुस्लिम आयोग र मुस्लिम समुदायबारे भ्रामक भाष्य निर्माण गर्न खोज्नु जायज नरहेको डा.अन्सारीले बताएका छन् ।
‘नारायणहिटी राजदरवारअगाडि दुई विशाल मस्जिद परम्परादेखि स्थापित धार्मिक संहिष्णुताको प्रतिक हो र यो समग्र नेपाली सभ्यता विकासको ज्वलन्त नमूना पनि हो’, उनले भने ।
‘ज्ञानबहादुर शाहीले ९७ प्रतिशत हिन्दू मात्रको देश नेपाल र मुस्लिम समुदायलाई बस्न दिएका छौं भनी दोहोरो अर्थ लाग्ने अभिव्यक्ति दिएर कसलाई उक्साउन खोज्नुभएको हो र नेपाली मुस्लिमको जनसंख्या ५.०९ प्रतिशत हो’, उनले भने ।
‘तपाईले अध्यक्षता गरिरहेका सदनका सदस्यले ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्ति अखण्ड नेपालको एतिहासिक धरातललाई धुमिल पार्ने र संविधानले अपनाएको समानता स्वतन्त्रता स्वाधीनता धर्म निरपेक्षता जस्ता मुलभूत मापदण्ड विपरित अभिव्यक्ति भएकोले उहाँलाई सचेत गराई संविधान प्रदत्त कार्यावाही अगाडि बढाउन माग गर्दछौं’, सभामुख घिमिरेलाई कांग्रेस नेता डा.अन्सारीद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया