पोखराको १५ अर्ब घोटालाको प्रतिवेदन हस्तान्तरण, प्रदीपलाई बचाउन ७० करोड काण्डवाला बास्कोटाले हस्ताक्षर गर्न मानेनन्

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झण्डै १५ अर्ब घोटाला र अनियमिततासम्बन्धी अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च कर्मचारीहरूलाई कारबाहीको प्रस्तावसहित प्रतिवेदन बुझाएका हुन् ।
उपसमितिका प्रतिवेदनमा एमालेका सांसद समेत रहेका सदस्य गोकुल बास्कोटाले हस्ताक्षर गरेका छैनन् । तत्कालीन समयमा ७० करोड कमिशन काण्डमा मन्त्री पद गुमाएका एमाले सांसद बास्कोटाले घोटालामा मुछिएका महानिर्देशक अधिकारीसहितका उच्च कर्मचारीहरूलाई बचाउने गरी नोटअफ डिसेन्ट लेखेका छन् ।
समितिका सभापति पोखरेलले पूर्ण प्रतिवेदनमाथि समितिको आगामी बैठकमा छलफल हुने बताएका छन् । लिङ्देनको नेतृत्वमा पोखरा विमानस्थलको अनियमितताबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले करिब एक वर्षअघि उपसमिति गठन गरेको थियो ।
उपसमितिले आफूले तयार गरेको निष्कर्ष र सुझावसहितको प्रतिवेदन समिति सभापतिलाई बुझाएको उपसमितिका संयोजक लिङ्देनले बताए । उनका अनुसार विमानस्थलमा भएका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित गुनासाका बारेमा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अनुगमन, अन्तक्र्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदनमा ६ वटा निष्कर्ष निकालिएको छ ।
उपसमितिमा सांसदहरू जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेमबहादुर आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणि राना सदस्य छन् ।

बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया