कांग्रेस नेताको छोरालाई पक्राउ गरेर छाडेको कुरा असत्य
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्रीको छोरालाई भाटभटेनी सुपरमार्केटबाट रक्सी चोरीको आरोप लागेका बेला जिल्ला प्रहरी परिसर, काठमाडौंले खण्डन गरेको छ ।
आइतबार विज्ञप्ति जारी गरेर काठमाडौं प्रहरीले तीनकुने घटनासँग जोडेर नेपाली कांग्रेसका सह–महामन्त्रीका छोरालाई पक्राउ गरी विना कारबाही छोडिएको भन्ने विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।
प्रेस विज्ञप्तिमा प्रहरीले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘त्यस्तो कुनै पनि व्यक्तिलाई यो परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले घटनासम्बन्धी तथ्यहीन र भ्रामक समाचारप्रति आपत्ति जनाउँदै यथार्थ सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराको हस्ताक्षर छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले भाटभटेनी सुपरमार्केटबाट कांग्रेसका सह–महामन्त्रीका छोराले रक्सी चोरी गरेको, प्रहरीले पक्राउ गरेर छाडेको भनेर झुट्ठा अभिव्यक्ति दिएका थिए ।
बिचार/ब्लग
विश्वप्रकाशलाई केन्द्रीय सदस्य गुरुङको पत्र
कल्याण गुरुङ

फेसबुकबाट तपाईको प्रतिक्रिया