पोखराको १५ अर्बभन्दा ठूलो भ्रष्टाचार भैरहवा विमानस्थलमा, नाइके प्रदीप, पूर्वमन्त्रीले खोले कुरा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा विमानस्थलमा भन्दा ठूलो घोटाला र भ्रष्टाचार भैरहवा विमानस्थलमा भएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा सदनमा पेश गरिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई विचार गरियोस्’ भन्ने प्रस्तावको छलफलमा भाग लिँदै सांसद आलेले भने, ‘भैरहवामा झन् डरलाग्दो छ । अप्रिल १ देखि त्यहाँको एयरपोर्ट बन्द गरिएको छ ।’
‘त्यहाँका निजी क्षेत्रका व्यक्तिहरूले अर्बौं रुपियाँ लगानी गरेका छन् पर्यटन प्रवर्द्धन गर्नको लागि तर, क्यानले अहिलेसम्म प्लेन सञ्चालन गरेको छैन’, सांसद आलेले भने ।
‘भैरहवामा चाहिने भन्दा बढि ४ सय बिघाले पुग्ने एयरपोर्ट दायाँतर्फ करीव ४ सय बिघा त्यो पनि नाला भएको जमीन चाहिने भन्दा बढि राज्यलाई भार पारेर करीव ४ सय बिघा जमीन त्यहाँ खरिद भएको छ’, उनले भने ।
‘जसमा अहिले भैँसी चरिरहेका छन् । एयरपोर्टमा अहिले माछापालन भइरहेको छ’, सांसद आलेले भने, ‘ज–जसले राज्यलाई भार पार्ने काम, भ्रष्टाचारमा उत्प्रेषण गर्ने काम जो भएको छ मन्त्रीले तत्कालीन महानिर्देशकलाई निलम्बन गर्ने भनेर उपसमितिले प्रतिवेदन पनि दिएको छ । अहिलेसम्म त्यो अगाडि बढेको छैन ।’
सांसद आलेले भने, ‘पोखराको विमानस्थल बनाउँदा शुरुमा फ्लाइट प्रोस्युडर डिजाइन हुनुपर्ने थियो । त्यो नभएर एउटै व्यक्ति सेवा प्रदायक र नियमक निकायको प्रमुख महानिर्देशक एउटै व्यक्ति भएको कारणले गर्दा उसले फ्लाइट प्रोस्युडर डिजाइन अगाडि बढाएन ।’
‘उदाहरणको लागि घर बनाइसकेपछि नक्सा पास गर्न गए जस्तो भयो । एयरपोर्ट बनायोे जुन चाइनिक कम्पनीले एयरपोर्ट बनायो त्यहि कम्पनीले नै फ्लाइट प्रोस्युडर डिजाइन बनाउँदा ‘दीस फ्लाइट प्रोस्युडर डिजाइन वन्ली फर कम्युनिकेशन नट फर अप्रुवल’ भनेको छ । हाम्रो लगानी खेर गएको छ’, उनले भने ।
तत्कालीन पर्यटनमन्त्री समेत रहेका सांसद आलेले नै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा १२ तहका ६ जना हुँदा हुँदै ११ तहका प्रदीप अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेका थिए । आलेले अधिकारीलाई महानिर्देशक बनाउँदा पार्टीका नेताको दवावमा र पार्टी चलाउन नियुक्ति गरिएको सार्वजनिक लेखा समितिको बैठकमा बोलेका थिए ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया