रविन्द्र मिश्र कानूनभन्दा माथि छैनन्, हत्कडी लाग्छ, हिरासतमा रहेको मान्छे जथाभावी बोल्न पाउँदैन

काठमाडौं । दुई जनाको ज्यान जाने गरी भएको तीनकुने हिंसात्मक प्रदर्शनका मतियार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले हत्कडी लगाएर अदालतमा उपस्थित गराएको विषयमा विभिन्न खालका टिकाटिप्पणी भएका छन् ।

आइतबार प्रहरीले मिश्रलाई अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित गराउँदा मिश्रलाई हत्कडी लगाइएको थियो । मिश्र पनि यो मुलुकका नागरिक हुन् । सर्वसाधारणलाई हत्कडी लगाउने मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएकै कारण हत्कडी नलगाउने भन्ने हुँदैन । कानून सबै नागरिकका लागि बराबरी हो ।

अपराध गरेको अभियोगमा पक्राउ परेका मिश्रलाई ससुराली जान लागेको जसरी अदालतमा लैजाने कुरा रहँदैन । मिश्र तीनकुने हिंसात्मक प्रदर्शनमा भिडलाई उत्तेजित बनाएर हिंसाद भड्काउने व्यक्ति हुन् ।

पक्राउ परेका मिश्र प्रहरी हिरासतमा छन् । हिरासतमा रहेको मानिसलाई प्रहरीले कानून बमोजिम हत्कडी लगाउँछ । आफ्ना कानून व्यवसायी र परिवारजन बाहेक अन्य व्यक्तिसँग बोल्न दिँदैन ।

मिश्रले आफूलाई फरक देखाउन पत्रकारहरूसँग बोल्न खोज्दा प्रहरीले बोल्न दिएन । किन भने हिरासतमा रहेको व्यक्तिलाई पत्रकारसँग बोल्ने छुट छैन । हुँदैन पनि ।

रेशम चौधरीलाई विगतमा प्रहरीले खुट्टामा नेल लगाएर अस्पतालमा भर्ना गरेर उपचार गराएको थियो । टीकापुर हिंसाका नाइके रेशम चौधरीलाई पनि हत्कडी लगाइएको थियो । मिश्र पनि तीनकुने हिंसाका नाइकेहरूमध्येका एक हुन् । उनलाई पनि हत्कडी लाग्नु स्वभाविक छ ।

Published : Sunday, 2025 April 27, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया