हिंस्रक र अराजक राजावादीहरूद्वारा निजी घरमा तोडफोड, सुरक्षाकर्मीमाथि आक्रमण
काठमाडौं । राजावादीहरूको आन्दोलन काठमाडौंको तीनकुनेमा हिंस्रक, अराजक र उत्तेजित बनेको छ ।
शुक्रबार तीनकुनेमा जारी प्रदर्शनमा राजावादीहरूको उत्तेजित र अराजक भएपछि व्यक्तिका निजी घरहरूमा तोडफोड गरेका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । घरका सिसाहरू फुटाएका छन् । व्यक्तिका घरहरूमा ठूलो क्षति भएको छ ।
हिंसा हुन नदिन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनका कमाण्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समेत आफ्ना अराजक, उत्तेजक र हिंस्रक समर्थकलाई नियन्त्रण गर्न सकेका छैनन् ।
हिंस्रक, अराजक र उत्तेजक बनेका राजावादीका समर्थकहरूले तीनजना व्यक्तिका निजी घरहरू पनि तोडफोड गरेका छन् । राजावादीहरू भौतिक आक्रमणमा उत्रिएपछि सुरक्षाकर्मीहरू सकर्तक बनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया