दुर्गा प्रसाईंले बिगतको सानेपा–बल्खु काण्ड दोहोर्याउन सक्ने
काठमाडौं । राजावादीहरूको आन्दोलन हिंस्रक, अराजक र उत्तेजक हुन सक्ने अनुमान सुरक्षा निकायको छ ।
काठमाडौंको तीनकुनेमा राजावादीहरूले आज शुक्रबार प्रदर्शन गर्न लागेका छन् । आन्दोलनको सबै कमाण्ड दुर्गा प्रसाईं आफै एक्लैले लिएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिगतमा ललितपुरको बल्खु, सानेपा क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । बल्खुको प्रदर्शनलाई दुर्गा प्रसाईंका समर्थकहरूले दोहोर्याउन सक्ने अनुमान छ ।
दुर्गा प्रसाईंले निकै अराजक र उत्तेजक अभिव्यक्ति दिँदै आएका छन् । उनको सामाजिक सञ्जालमा कमेन्ट गर्नेहरूले पनि हातहतियार लिएर प्रदर्शनमा उत्रिन आह्वान गरेका छन् ।
राजसंस्था र हिन्दु राज्यको एजेण्डा लिएर राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुर्गा प्रसाईंको अगाडि ओझेलमा परेको छ । राजेन्द्र लिङ्देन, ज्ञानबहादुर शाहीहरू निकै पछाडिको पंक्तिमा छन् । आन्दोलनलाई कमाण्ड गर्ने क्षमता राप्रपाका नेताहरूसँग मात्रै छ ।
दुर्गा प्रसाईं जस्ता अराजक र उत्तेजक, बैंकको ऋण नतिर्नेहरूसँग आन्दोलनको कमाण्ड गर्न क्षमता छैन भनेर टिकाटिप्पणी भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया