सभापति देउवाद्वारा कांग्रेसबाट निर्वाचित मेयर र नेताहरूसँग भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित मेयरहरूसँग भेटघाट गरेका छन् ।

बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले मेयरहरूलाई चियापन कार्यक्रम समेत राखेका छन् । चियापानमा सहभागी भएका मेयरहरूले सभापति देउवासँग आफ्नो नगरपालिकाले गरेको कार्यसम्पादनका विषयमा जानकारी गराएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य र नेता कार्यकर्ता तथा मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 March 26, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया