प्रधानमन्त्री ओलीद्वारा कांग्रेससहितका दलका शीर्ष नेताहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित सत्तापक्षीय दलहरूले संसदमा विचारधीन विधेयकहरूलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा विचारधीन विधेयकहरूलाई चाँडै अघि बढाउने निर्णय गरेका हुन् ।

भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको उपस्थिति थियो ।

Published : Tuesday, 2025 March 25, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया