हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए ।

उनले भने, ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेलभित्रको पनि जेलमा बस्नुभएको हो ।’

‘हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ’, सभापति देउवाले भने, ‘हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।’

Published : Tuesday, 2025 March 25, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया