कांग्रेसमा समाहित भएका नेताहरूको नाम र जिम्मेवारी अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसमा समाहित भएका नेपाली कांग्रेस (वीपी)का नेताहरूलाई अनुमोदन गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वीपी कांग्रेस परित्याग गरि कांग्रेसमा समाहित भएका नेताहरूलाई प्रदान गरिएको जिम्मेवारी अनुमोदन भएको हो ।

‘नेपाली कांग्रेस (वीपी) को साधारण सदस्यता समेत परित्याग गरी नेपाली कांग्रेसमा समाहित हुनु भएका सो पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहनु भएका हरिबोल भट्टराई, पुष्पराज पराजुली, गोविन्द शर्मा पौडेल लगायतका १२ जना साथीहरूलाई पार्टीको विभिन्न पदमा गरिएको मनोनयनलाई अनुमोदन गर्दछ ।’

बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, सुजाता कोइराला, एन.पी. साउँद र नेता शेखर कोइरालाले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

Published : Sunday, 2025 March 23, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया