मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै आवश्यक अग्रसरता लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको जनाएको छ ।
आइतबार वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले भनेको छ, ‘नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।’
कांग्रेसले भनेको छ, ‘संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ ।’
‘यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ’, बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा निर्णय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । देउवाले पार्टीभित्र सरसल्लाह गरेर मात्रै दीर्घकालीन असर पार्ने खालका निर्णयहरू गर्दै आएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया