कांग्रेसको कार्यसम्पादन समितिको बैठक, पार्टीको आन्तरिक र समग्र राजनीतिक विषयमा छलफल हुने

काठमाडौं । समग्र राजनीतिक र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा कांग्रेसको भ्रातृ संस्थाहरूको महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।

सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विषय र समसामयिक कुराहरूमा परामर्श गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

Published : Sunday, 2025 March 23, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया