विमानस्थलमा महानिर्देशकको मर्यादा विपरितको अस्वभाविक हर्कत

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जनप्रतिनिधि र नेपालका लागि चिनियाँ राजदूतसँगको भेटका क्रममा राष्ट्रसेवक कर्मचारीको अनुशासन र मर्यादा विपरितको अस्वभाविक हर्कत देखाएका छन् ।
मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगायतका व्यक्तिहरूसँगको भेटका क्रममा महानिर्देशक अधिकारीले अस्वभाविक गतिविधि देखाएका हुन् । मेयर आचार्यसँगै सोफामा बसेका महानिर्देशक अधिकारीले आफ्नो देब्रे खुट्टालाई घुमाएर बसेका छन् । अधिकारीले आफ्नो दाहिने देब्रे हातलाई पनि अन्यत्रै लगेर राखेका छन् । महानिर्देशक अधिकारीको ड्रेस पनि सडकमा हिँड्ने अल्लारे ठिटाहरूले लगाउने जस्तो देखिएको छ ।
मेयर आचार्य र राजदूत सोङ मर्यादित पोशाकमा छन् । अन्य उपस्थित व्यक्तिहरू पनि मर्यादित पोशाकमा छन् । महानिर्देशक अधिकारीको पोशाक र हुलियाको अवस्थाले उनी विशिष्ट श्रेणीको कर्मचारी हुन् भन्ने कुरा नै भुलाइदिएको छ । महानिर्देशक अधिकारीको अहँकार र दम्भ निकै बढेर गएको छ । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुलपुल्याएर राखेका छन् ।
महानिर्देशक अधिकारी नेपाल सरकारको विशिष्ट कर्मचारी हुन् । औपचारिक कार्यक्रममा उनले औपचारिक पोशाक लगाउनु पर्छ । सडकमा हिँड्ने अल्लारे डिटाले जस्तो बक्स पाइन्ट, ज्याकेट गाएर हिँड्ने होइन । महानिर्देशक अधिकारीले सरकारी पोशाक लगाउन सरकारबाट पोशाक भत्ता पनि लिन्छन् । पोशाक भत्ता लिएर विशिष्ट कर्मचारीको मर्यादा भुल्ने कार्य गर्नु कदापित उचित नभएको प्राधिकरणका कर्मचारीहरूले बताएका छन् ।
महानिर्देशक अधिकारीले आफ्नो पदको मर्यादाको ख्याल गर्नुपर्ने थियो । उनको अस्वभाविक गतिविधिप्रति पोखरा महानगरपालिकाका मेयर आचार्यले कर्मचारीहरूसँग महानिर्देशक अधिकारीको पोशाक, गतिविधि लगायतका विषयमा चासो व्यक्त गरेको एक कर्मचारीले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्बौंको घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँग बयान लिइरहेको छ । अख्तियारमा बयान दिएर निकै तनाबमा रहेका महानिर्देशक अधिकारी फ्रेस देखिएका छैनन् ।
नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सि चुवान एयरलाइन्सले छेन्दु–पोखरा सिधा हवाई सेवा सुरु गरेको अवसरमा जहाज र चिनियाँ यात्रुलाई स्वागत गर्न मेयर आचार्य, राजदूत सोङ, महानिर्देशक अधिकारी लगायतका व्यक्तिहरू विमानस्थलमा उपस्थिति भएका थिए ।
१२७ जना चिनियाँ पर्यटकहरू लिएर सि चुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । मेयर आचार्यको नेतृत्वमा १२६ जना पोखरेली पर्यटन व्यवसायीहरूको टोली लिएर जहाज चीनको छेन्दु प्रस्थान गरेको छ ।
मेयर आचार्यको टोलीले एक सातासम्म चीनको छेन्दु लगायत विभिन्न सहरमा हुने सेल्स मिसनमा सहभागिता जनाउनेछ ।




बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया