सभापति देउवाले बोलाए पदाधिकारीहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा मंगलबार दिउँसो दुई बजे बैठक बोलाएका हुन् । कांग्रेस नेताहरूका अनुसार भ्रातृ संस्थाहरूको महाधिवेशन, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ ।
कांग्रेसको भ्रातृ संस्थाहरूको महाअधिवेशन चैत महिनाभित्र सम्पन्न गर्ने कार्यादेश छ । चैत महिनाभित्र धेरै भ्रातृ संस्थाहरूको महाधिवेशन हुने सम्भावना न्यून छ ।
Published : Monday, 2025 March 17, 4:16 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया