भक्तपुरमा अनेरास्ववियुका पूर्वअध्यक्षसहित झण्डै एक सय युवा तरुण दलमा प्रवेश
भक्तपुर । एमाले निकटको अनेरास्ववियुका पूर्वअध्यक्ष विवेक माषीमसहित झण्डै एक सय युवाहरू नेपाल तरुण दल भक्तपुरमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल भक्तपुरको पूर्णकालीन सदस्यता वितरणका क्रममा चागुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिका लगायतका स्थानबाट अनेरास्ववियुका नेता, कार्यकर्ता तरुण दलमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई तरुण दलको सदस्यता प्रदान गरिएको जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य राजु थापाले बताए ।
अनेरास्ववियु परित्याग गरेर तरुण दलमा प्रवेश गर्नेहरूमा निराजन प्रजापती, रिजेन शाही, मोहन श्रेष्ठ, निकेरा प्रजापती, सोनीया अवाल, करुणा श्रेष्ठ, रितेश तको, जीवन श्रेष्ठ लगायत रहेका छन् ।
नवप्रवेशीहरूलाई नेपाल तरुण दलको सिद्धान्त, आदर्श र अनुशासनमा रही नेपाली कांग्रेसको संगठन निर्माणमा खटाइने अध्यक्ष थापाले बताए । उनले नवप्रवेशीहरूलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी प्रदान गर्ने जनाएका छन् ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया