पीके क्याम्पसमा नेविसंघद्वारा पूर्णिमालाई सभापतिको टिकट, झिनामसिना कम्युनिष्टकाे ताला

काठमाडौं । विभिन्न विद्यार्थी संघ/संगठनहरू स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पद्म कन्या बहुमुखी क्याम्पस (पीके), बागबजारमा तालाबन्दी गरिदिएका छन् ।

बुधबार विभिन्न झिनामसिना कम्युनिस्ट पार्टी निकटका दर्जन संगठनहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन् । उनीहरूले नामावली प्रकाशन र अन्य विभिन्न प्रक्रियामा असहमति जनाएका छन् ।

पद्म कन्या बहुमुखी क्याम्पसमा तालाबन्दी भएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समयमा हुन्छ वा हुँदैन भनेर आशंका उब्जिएको छ ।

केही विद्यार्थी नेता र संगठनहरूले तालाबन्दी गर्न खोजेपछि प्रहरीले हस्तक्षेपको प्रयास गरेको थियो । निर्वाचनलाई लिएर लफडा भएको छ । पद्म कन्या क्याम्पस नेपाल विद्यार्थी संघको किल्ला मानिन्छ । नेविसंघ नेतृत्वले उचित निर्णय नगर्ने हो भने समस्या हुनेछ ।

नेविसंघबाट पूर्णिमा परियारले स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको टिकट पाएको चर्चा छ । कलेजमा पूर्णिमा लोकप्रिय नेतृ हुन् । पूर्णिमा पद्म कन्या बहुमुखी क्याम्पस, बागबजारको नेविसंघको इकाइ सभापति पनि हुन् ।

Published : Thursday, 2025 March 13, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया