कांग्रेस–एमालेको निष्कर्ष, ‘अरुलाई दोष दिएर हामीलाई उम्किने सुविधा छैन’

धनगढी । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सुदूरपश्चिम सरकारको कामकारबाहीलाई थप जिम्मेवारी र नागरिकको विश्वास धरमराउन नदिने गरि काम गर्ने सहमति गरेका छन् ।
बुधबार धनगढीमा बसेको कांग्रेस–एमाले सुदूरपश्चिम प्रदेश राजनीतिक संयन्त्रको बैठकले नागरिकको विश्वासलाई धरमराउन नदिने सहमति भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बताएका छन् ।
उनले भने, ‘नागरिकको विश्वासलाई धरमराउन नदिन कांग्रेस र एमाले अरुभन्दा बढी जिम्मेवार बन्नुछ । व्यवस्थाको विकल्प होइन, यहिबाट नागरिकको अवस्था सुधार्न हामी लाग्नुपर्छ ।’
सभापति बलायरले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको प्रभावकारिता र समसामयिक राजनीतिक घटनाक्रमबारे कांग्रेस र एमालेको सुदूरपश्चिम प्रदेशको राजनीतिक संयन्त्रको बैठकमा छलफल गरेका छौं ।’
‘जनतामा निरासा छ । सरकारप्रति तमाम असन्तुष्टि छन्’, उनले भने, ‘जनताको त्यही असन्तुष्टि र निराशामा राजनीति गरेर व्यवस्था विरोधी गतिविधि सलबलाएका छन् । हामी यसलाई किमार्थ सफल हुन दिँदैनौँ ।’
सभापति बलायरले भने, ‘अरुलाई दोष दिएर हामीलाई उम्किने सुविधा छैन । केन्द्रदेखि स्थानीय तहसम्मै प्रभावकारी र जनमुखी काम गर्नुको विकल्प छैन ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया