कांग्रेस–एमालेको निष्कर्ष, ‘अरुलाई दोष दिएर हामीलाई उम्किने सुविधा छैन’
धनगढी । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सुदूरपश्चिम सरकारको कामकारबाहीलाई थप जिम्मेवारी र नागरिकको विश्वास धरमराउन नदिने गरि काम गर्ने सहमति गरेका छन् ।
बुधबार धनगढीमा बसेको कांग्रेस–एमाले सुदूरपश्चिम प्रदेश राजनीतिक संयन्त्रको बैठकले नागरिकको विश्वासलाई धरमराउन नदिने सहमति भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बताएका छन् ।
उनले भने, ‘नागरिकको विश्वासलाई धरमराउन नदिन कांग्रेस र एमाले अरुभन्दा बढी जिम्मेवार बन्नुछ । व्यवस्थाको विकल्प होइन, यहिबाट नागरिकको अवस्था सुधार्न हामी लाग्नुपर्छ ।’
सभापति बलायरले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको प्रभावकारिता र समसामयिक राजनीतिक घटनाक्रमबारे कांग्रेस र एमालेको सुदूरपश्चिम प्रदेशको राजनीतिक संयन्त्रको बैठकमा छलफल गरेका छौं ।’
‘जनतामा निरासा छ । सरकारप्रति तमाम असन्तुष्टि छन्’, उनले भने, ‘जनताको त्यही असन्तुष्टि र निराशामा राजनीति गरेर व्यवस्था विरोधी गतिविधि सलबलाएका छन् । हामी यसलाई किमार्थ सफल हुन दिँदैनौँ ।’
सभापति बलायरले भने, ‘अरुलाई दोष दिएर हामीलाई उम्किने सुविधा छैन । केन्द्रदेखि स्थानीय तहसम्मै प्रभावकारी र जनमुखी काम गर्नुको विकल्प छैन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया