जहाजको पाङ्ग्रा खसेको थाहा नपाउने बुद्ध एयरलाई के कारबाही हुन्छ महानिर्देशक ज्यू ? की गुपचुप पार्ने ?

काठमाडौं । बुद्ध एयरको जहाजको पाङ्ग्रा खसेको प्रकरण एकहप्ता हुन लाग्दा समेत नेपाल नागरिक उड्डयन प्राधिकरण आन्तरिक छानविनमा रहेको भनेर जवाफ आएको छ ।

बुधबार कुरा गर्दै प्राधिकरणका प्रवक्ता समेत रहेका उपमहानिर्देशक हंसराज पाण्डेले आन्तरिक छानविन भइरहेको बताए । बुद्ध एयरलाई सो विषयमा छानविनको दायरमा ल्याउने वा कारबाही गर्ने विषयमा के भएको हो ? प्रवक्ता पाण्डेले स्पष्ट केही बताएका छैनन् । पाङ्ग्रा खसेको जहाजलाई उडान भर्न नदिएको उनले बताए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध एयरको पाङ्ग्रा खसेको र नोजलको एउटा चक्कामा जहाजलाई जोखिमपूर्ण अवतरण गराउने, पाङ्ग्रा खसेको थाहा नपाउने बुद्ध एयरलाई के कारबाही गरे ? अहिलेसम्म सार्वजनिक वक्तव्य दिएका छैनन् ।

महानिर्देशक अधिकारी बुद्ध एयरको यति ठूलो लापरबाही र जोखिमपूर्ण हर्कतको विरुद्धमा किन मौन छन् ? प्रश्न उब्जिएको छ । बुद्ध एयरलाई के कारबाही भयो वा भएन प्राधिकरणको महानिर्देशकको हैसियतले वक्तव्य जारी गरेर बोल्नु पर्छ की पर्दैन ?

बुद्ध एयरले ठूलो जोखिमपूर्ण कार्य गरेको छ । कानूनअनुसार प्राधिकरणका महानिर्देशक अधिकारीले बुद्ध एयरलाई के कारबाही गर्छन् ठूला ठूला आँखा बनाएर यात्रुले हेरिरहेका छन् ।

अधिकारीले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि १÷२ महिनाको फरकमा कुनैन कुनै काण्ड बाहिर आइरहेका छन् । कहिले जहाज दुर्घटना हुने, कहिले आकासमा प्राविधिक समस्या भएर बीच बाटोबाट जहाज फर्किने, टिकट नपाइने, टिकटमा कालो बजारी लगायतका काण्ड आइरहेका छन् । प्राधिकरणको नेतृत्व सक्षमतापूर्वक सम्हाल्न नसकेको परिणाम बुद्ध एयरको जहाजको पाङ्ग्रा हराएको काण्ड बाहिर आएको छ । प्राधिकरणले कडाइका साथै नियम, कानून पालना गराएको भए लापरबाही हुने थिएन ।

अधिकारी महानिर्देशक बनेपछि नेपालमा हवाई दुर्घटनाहरू धेरै भएका छन् । पोखरा र भैरहवा जस्ता ठूला विमानस्थल सहजरुपमा सञ्चालन हुन सकिरहेका छैनन् ।

गत बिहीबार बुद्ध एयरको जहाजको एउटा पाङ्ग्रा जनकपुरमा खसेर छुटेको थियो । ६२ यात्रु बोकेको जहाज दुर्घटना हुनबाट भने जोगिएको छ । जहाज उड्नुभन्दा अगाडि प्राविधिक परीक्षण गर्ने गरिन्छ भनिएको छ । प्राविधिक परीक्षण भएको थियो भने पाङ्ग्रा किन जनकपुरमा छुट्यो ?

जहाज काठमाडौंमा अवतरण गरेपछि पोस्ट फ्लाइट चेक गर्ने बेलामा पाइलटले नोज ल्यान्डिङ गेयरको एउटा टायर नभएको थाहा पाएका थिए । जनकपुर एयरपोर्टको रनवेको टर्निङ प्याडमा अर्को एउटा पाङ्ग्रा भेटिएको थियो ।

Published : Wednesday, 2025 March 12, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया