डाइभर्सनबाट कालीगण्डकीको धार्मिक, पौराणिक महत्व अन्त्य गर्न पाइँदैन : कांग्रेस सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री शंकर भण्डारीले कालीगण्डकीलाई थुनेर डाइभर्सन बनाउने सरकारको योजनाको विरोध गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भण्डारीले कालीगण्डीको धार्मिक र पौराणिक महत्वलाई समाप्त पार्ने गरि सरकारले अगाडि सारेको डाइभर्सनको योजना तत्काल रोक्न माग गरे । उनले काली गण्डकी अर्थात् काली नदीको प्राकृतिक र पौराणिक महत्व अन्त्य गर्ने प्रयास भएमा स्थानीयले आवाज उठाउने चेतावनी दिएका छन् ।

उनले भने, ‘पवित्र धार्मिकस्थल देवघाट । ऐतिहाँसिक र पौराणिक स्थल । पवित्र नदी कालीगण्डकी । काली नदी । सुनिदै छ सरकार काली नदीलाई डाइभर्सन मनस्थितिमा छ भन्ने ।’

‘संसारकै पवित्र धार्मिकस्थल, हामीले भरखरै अनुभव ग¥यौँ भारतको महाकुम्भेश्वर मेलाको पौराणिक तथ्य छ’, कांग्रेस सांसद भण्डारीले भने ।

‘त्योभन्दा धार्मिक देवघाट र प्रकृतिको नियमले पनि आफ्नो बाटोमा बगीरहेको कालीगण्डकीलाई डाइभर्सन गर्ने कुरा अत्यन्त प्राकृतिक नियमको पनि विरुद्धमा छ’, उनले भनेका छन् ।

‘नेपालको प्रमुख धार्मिक पर्यटकीयस्थलको रुपमा पनि बढि सम्भावना रहेको देवघाटको पवित्रतालाई पनि गम्भीर असर पर्ने कार्य भएको कारणले सरकारलाई आग्रह गर्न चाहन्छु’, भण्डारीले भने, ‘यो गलत काम गर्ने मनस्थितिबाट सरकार पछाडि हटोस् ।’

Published : Wednesday, 2025 March 12, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया