डा.संगीता मिश्रा करोडौं रकमको घोटालामा संलग्न भएको खुलासा

काठमाडौं । झन्डै एक वर्ष पहिले स्वास्थ्य सेवा विभागद्वारा एउटै ल्याब रिएजेन्ट खरिद गर्दा सात करोड बढी घोटाला गरिएको खुलासा भएको छ ।
स्रोतबाट प्राप्त जानकारीअनुसार टेकुस्थित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले गत १७ फागुन २०८० (२९ फेब्रुअरी २०२४) मा ल्याब रिएजेन्ट ६६० सेट खरिद गर्नको लागि बोलपत्र आह्वान गरेको गरेको थियो ।
३१ मार्च २०२४ मा बोलपत्र खोलियो भने ११ मे २०२४ मा एउटा कम्पनी मात्र प्राविधिक रुपमा क्वालिफाई भएको सूचना दिइयो ।
त्यसपछि २२ मे २०२४ मा उक्त बोलपत्रदाताको दर रेट स्वीकृत गरि प्रतिसेट एक लाख ३० हजारमा खरिद गर्ने निर्णय गरियो । यसरी स्वास्थ्य सेवा विभागले उक्त ल्याब रिएजेन्ट किन्न ८ करोड ५९ लाख ३२ हजार भुक्तानी ग¥यो ।
उक्त रिएजेन्टको बजारमा खुद्रा बिक्री मूल्य प्रतिसेट २५ देखि ३० हजारसम्म रहेको छ । यसरी उक्त रिएजेन्टको खरिदमा मात्रै झन्डै ७ करोड घोटाला गरिएको फेला परेको आरोप विभागकै कर्मचारीहरूले लगाएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ स्टानडर्ड) अनुसार बिभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूमा पठाउन पूर्ववार्षिक आवश्यकता कति हो भनेर लगत लिनुपर्ने हुन्छ ।
काठमाडौंमै रहेका वितरकहरूबाट रेट नलिई उक्त कम्पनीको सामान खरिद गर्नको लागि हचुवाको भरमा बोलपत्र खोलेर प्रतिसेट करिब १ लाख १० हजारभन्दा बढी मूल्यमा खरिद गरिएको थियो । तर, पनि यसबारे कुनै पनि छानबिन भएको छैन ।
यो सम्पूर्ण प्रकृयालाई कानूनी रूप दिन प्रमुख भूमिकामा विभागकी तत्कालीन महानिर्देशक डा.संगीता मिश्रा (हाल अतिरिक्त सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) रहेकी थिइन् ।
डा.मिश्रा र उनको टिमले एउटा खास कम्पनीलाई मात्र मिल्ने स्पेसिफिकेशन तयार गरि खरिद मूल्यमा ठूलो चलखेल गरी राज्यलाई करोडौं रुपियाँको भार पारेको बारे अख्तियारमा उजुरी परेको स्रोतले जनाएको छ । अख्तियारले सो घोटालामाथि अनुसन्धान अगाडि बढाएको बुझिएको छ ।
डा.मिश्रा महानिर्देशक हुँदा यस्ता अन्य घोटालाहरू पनि गरिएको जानकारहरू बताउँछन् ।
हालै स्वास्थ्य सचिवमा नियुक्ति नपाएपछि डा.मिश्राले सार्वजनिक रुपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएकी छिन् ।
घोटालाहरूका बारेमा लागे आरोपमा प्रतिक्रिया लिन हामीले सम्पर्क गर्दा तत्कालीन महानिर्देशक डा.मिश्रासँग सम्पर्क हुन सकेन ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया