दुर्गा र ज्ञानबहादुरबीच जस लिन मारामार, सडकमा कति थिए पूर्वराजाका समर्थक ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा जम्मा भएको प्रदर्शनको जस लिन मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपाका सांसद ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच मतभेद देखिएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका समर्थकले पूर्वराजा शाहलाई महाराजगञ्जस्थित निर्मल निवाससम्म लगेका थिए । पूर्वराजा शाह निकै खुसी देखिएका थिए ।
मेडिकल व्यवसायी प्रसाईंले आफ्नो कारणले मानिसहरू उल्लेख्य रुपमा सडकमा आएको दाबी गरेका छन् । उनले राप्रपा र ज्ञानबहादुर शाहीको खासै भूमिका नरहेको आफू निकटका सहयोगीहरूसँग बताउने गरेका छन् ।
उता, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले पूर्वराजा शाहको समर्थनमा आइतबार सडकमा आएका मानिसहरू आफ्नो कारणले भएको दाबी गरिरहेका छन् ।
आइतबार सडकमा आएका मानिसहरू आफूले ल्याएको भनेर जस लिने होडबाजीमा प्रसाईं र शाही लागेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम् पनि सडकमा आएका थिए । राप्रपालाई जस दिने गरेर नाम कसैले पनि लिएका छैनन् ।
मानिस सडकमा ल्याउनेमा आफ्नो पनि भूमिका रहेको अधिवक्ता स्वागत नेपालको पनि दाबी छ । नेपालले दुर्गा प्रसाईं र ज्ञानबहादुर शाहीले जस्तो दाबी त गरेका छैनन् । तर, आफ्नो पनि भूमिका विशेष रहेको बताउने गरेका छन् ।
०६२/६३ को जनआन्दोलनपछि सिंहाशन गुमाएका पूर्वराजाले पहिलो पटक यति ठूलो समर्थन पाएका हुन् । उनको स्वागतमा पहिलो पटक ठूलो संख्यामा समर्थक सडकमाउत्रिएका छन् ।
करीव २० हजार मानिस पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएको चर्चा छ । सुरक्षा निकायले पनि करीव २० हजार समर्थक सडकमा उत्रिएको बताएका छन् । यस पटकको पूर्वराजा शाहको समर्थनमा काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने मानिसहरूको उल्लेख्य उपस्थिति रहेको प्रहरीको अनुमान छ ।
काठमाडौं उपत्यकाभन्दा बाहिरबाट पनि मानिसहरू ल्याइएका थिए । बाहिरी जिल्लाका मानिसहरूले मात्रै कुनै प्रभाव हुँदैन । काठमाडौं उपत्यकाभित्रकै मानिस सडकमा आउँदा गम्भीर हुनुपर्छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया