आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्छन् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन् ।
शनिबार नेपाल महिला संघले वीपीनगर, ललितपुरमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा देउवाले अरु देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको बताए । उनले नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अगाडि रहेको बताए ।
सभापति देउवाले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको बताए ।
सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने बताएका छन् । उनले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेलेको पनि बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया