आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन् ।

शनिबार नेपाल महिला संघले वीपीनगर, ललितपुरमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा देउवाले अरु देशमा अझै पनि महिलाहरूले अधिकार नपाइरहेको बताए । उनले नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अगाडि रहेको बताए ।

सभापति देउवाले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरूलाई अधिकारसहित स्थान दिएको बताए ।

सभापति देउवाले आगामी दिनमा महिलाहरू राज्यका प्रभावकारी निकायमा पुग्ने बताएका छन् । उनले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेलेको पनि बताए ।

Published : Saturday, 2025 March 8, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया