चित्त नबुझे राजीनामा दिने, होइन भने डा.संगीता मिश्रालाई विभागीय कारबाही किन नगर्ने ?

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई बढुवा गरेपछि डा.संगीता कौशल मिश्राले बबण्डर मच्चाइरहेकी छिन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा.संगीता कौशल मिश्रा, डा.विकास देवकोटा र डा.टंक बाराकोटी मध्येबाट कार्यसम्पादन मूल्याङ्कनका आधारमा डा.विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । आफू पहिलो नम्बरमा सिफारिस भएका कारणले सचिव बढुवा हुनुपर्ने तर्क डा.संगीता मिश्राको छ । बढुवा सिफारिस समितिको सूचीका आधारमा सरकारले ३ जनामध्येबाट जसलाई पनि सचिवमा बढुवा गर्न सक्छ । यो परम्परा र विधि विगतदेखि चल्दै आएको छ ।

बिगतमा डा.संगीता मिश्राले आफूभन्दा सिनियर दीपेन्द्ररमण सिंहलाई हटाएरै अवसर लिएकी थिइन् । तत्कालीन समयमा आफूले वरिष्ठ सिंहलाई हुत्याएर अवसर लिएको अहिले आएर भुलेकी छिन् । डा.मिश्राले पनि दीपेन्द्ररमण सिंहलाई ‘शहीद’ बनाएर मधेशी महिलाको नाममा अवसर पाएकी थिइन् । अहिले आएर समावेशिता, मधेशी महिला लगायतका साम्प्रदायिक कुरा उठाएर डा.संगीता मिश्राले सचिव बन्न नपाएको असन्तुष्टि जनाइरहेकी छिन् ।

डा.संगीता मिश्राभन्दा सक्षम मधेशी महिला कर्मचारीहरूले जिम्मेवारी बहन गरिरहेका छन् । काशी अस्पतालकी प्रमुख डा.रिना झा पनि मधेशी महिला हुन् । डा.झाले पनि जिम्मेवारी पाएकी छिन् । डा.रिना झाले मधेशी महिला भएकै कारण जिम्मेवारी पाएकी होइनन् । उनले क्षमता र योग्याताका कारण कोशी अस्पतालको जिम्मेवारी पाएकी हुन् । डा.संगीता कौशिक मिश्राका पति राकेश मिश्रा मधेशीको नाम र आरक्षणमा राजनीति गर्दै आएका छन् । पति राकेश मिश्राको आडमा मधेशी महिलाको नाम भजाएर सचिव बन्न खोजेर मात्रै हुँदैन भनेर स्वयं मधेशी मूलका कर्मचारीहरूको तर्क छ ।

सचिवमा बढुवा हुन नसकेपछि डा.संगीता मिश्राले विभागीय मन्त्रीको राजीनामा माग्नु भनेको अराजकता हो । डा.संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयले तत्काल विभागीय कारबाही गर्नुपर्छ । होइन भने यस्तो अराजकताले निजामती कर्मचारीभित्र अनुशासनहीन गतिविधि बढेर जानेछ ।

बढुवामा नपरेकै कारण एउटा सह–सचिवले विभागीय मन्त्रीलाई सार्वजजिकरूपमा लान्छना लगाउन र राजीनामा माग्न मिल्छ ? भनेर डा.संगीता कौशिक मिश्रामाथि गम्भीर प्रश्न उठेको छ ।

‘कस्तो अनुशासनहिनता र अराजकता हो यो ? निर्णय चित्त नबुझे अदालत जानुप¥यो’, स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भनेका छन्, ‘नत्र तत्काल राजीनामा दिएर हिँड्नुप¥यो ।

ती कर्मचारीले भनेका छन्, ‘स्वास्थ्य तथा जनसंख्यामन्त्रीले आफ्नो पदीय मर्यादा र निजामती अनुशासनका खातिर डा.संगीता कौशिक मिश्रलाई तत्काल स्पष्टीकरण सोध्नु पर्छ ।’

Published : Saturday, 2025 March 8, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया