अहिले ओलीजी हुनुहुन्छ, पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो : सभापति देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएको बताएका छन् ।
शुक्रबार महोत्तरीको मनराशिश्वामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउने बताए ।
उनले आफू फेरि प्रधानमन्त्री बन्ने सम्भाना भएको बताएका छन् । आफू केपी ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने सभापति देउवाले बताएका छन् ।
उनले भने, ‘अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यसकारण दुइटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो ।’
‘म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ’, सभापति देउवाले भने, ‘मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु ।’
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने बताए ।


बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया