कांग्रेसलाई ठूलो पार्टी बनाउन भ्रातृ संस्थाहरू बलिया हुनुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरू बलियो हुनु पर्ने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली कांग्रेस पार्टी बलियो हुने बताए । उनले कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्न बताए ।
सभापति देउवाले जनता र वर्गको अधिकार लोकतन्त्रमा मात्रै सुनिश्चित हुने बताए । उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।
सभापति देउवाले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको र गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने बताएका छन् ।
प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको सभापति देउवाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया