कांग्रेसलाई ठूलो पार्टी बनाउन भ्रातृ संस्थाहरू बलिया हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरू बलियो हुनु पर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली कांग्रेस पार्टी बलियो हुने बताए । उनले कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्न बताए ।

सभापति देउवाले जनता र वर्गको अधिकार लोकतन्त्रमा मात्रै सुनिश्चित हुने बताए । उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।

सभापति देउवाले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको र गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने बताएका छन् ।

प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको सभापति देउवाले बताएका छन् ।

Published : Thursday, 2025 March 6, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया