सभापति देउवा शुक्रबार महोत्तरी जाने, भोलही आमसभालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमसभालाई सम्बोधन गर्न महोत्तरी जाने भएका छन् ।

सभापति देउवाले शुक्रबार फागुन २३ गते महोत्तरी कांग्रेसले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्नेछन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले शुक्रबार दिउँसो १ बजे भोलहीमा विशाल आमसभाको आयोजना गरेको छ ।

आमसभाका लागि सम्पूर्ण तयारी गर्नुका साथै धेरैभन्दा धेरै कार्यकर्ता भोलहीमा उर्तान लागेको माहेत्तरी कांग्रेसले जनाएको छ । आमसभालाई सम्बोधनका लागि सभापति देउवाले महोत्तरी कांग्रेसलाई आश्वासन दिएका छन् ।

Published : Thursday, 2025 March 6, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया