संघको महाधिवेशन ललितपुरमा फागुन २२ गते, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल भूतपूर्व सैनिक संघको छैठौं राष्ट्रिय महाधिवेशन फागुनको २२ देखि २४ गतेसम्म हुने लागेको छ ।

महाधिवेशनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

‘२०८१ फागुन २२, २३ र २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा हुन गैरहेको छ’, सूचनामा भनिएको छ, ‘छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले गर्नु हुने कार्यक्रम रहेको छ ।’

महाधिवेशनको उद्घाटन सभापति देउवाले २०८१ फागुन २२ गते बिहान १०ः३० बजे कांग्रेसको केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा गर्नेछन् ।

Published : Wednesday, 2025 March 5, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया