सभापति देउवा कार्यक्रम छाेट्याएर काठमाडौं प्रस्थान, अन्य नेताहरू पनि फर्किए

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा क्षेत्रीय सभापतिहरूको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन् ।
मंगलबार बिहान भैरहवाबाट बुद्ध एयरलाइन्सको उडानबाट देउवा काठमाडौं फर्किएका हुन् । काम विशेष भएपछि सभापति देउवा कार्यक्रम छाेट्याएर काठमाडौं प्रस्थान गरेकाे बुझिएको छ । सभापति देउवाले बेलुकाकाे टिकट दस बजेकाे उडानमा सारेकाे एक नेताले बताए ।
सभापति देउवाालाई भैरहवा विमानस्थलमा मन्त्रीहरूका साथै नेता कार्यकर्ताहरूले बिदाइ गरेका छन् । सभापति देउवासँगै प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य सीता गुरुङ, प्रमुख सचेतक श्याम घिमिरे लगायतका नेताहरू काठमाडौं फर्किएका छन् ।
Published : Tuesday, 2025 March 4, 10:21 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया