सभापति देउवाले लिए क्षेत्रीय सभापतिहरूको सरसल्लाह र सुझाव

भैरहवा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखहरूकाे प्रशिक्षणमा सहभागी भइ गम्भीरतापूर्वक सुनुवाइका गरेका छन् ।

प्रशिक्षणमा सहभागी भएका क्षेत्रीय सभापतिहरूको कुराहरूलाई चासाे दिएका छन् । भेटघाट गर्ने, तस्बिर खिचाउने, गुनासाे र सरसल्लाह लिने कार्य गरेकाे दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बताए ।

सभापति देउवाले आफूसँग भेट्न चाहेका क्षेत्रीय सभापतिहरूलाई समय दिएका छन् । सुझाबहरू पनि सुनेका छन् । प्रशिक्षणस्थलमा देउवा बस्ने गरेका छन् ।

रुपन्देहीको भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले क्षेत्रीय सभापतिहरूको लागि प्रशिक्षणको कार्यक्रम राखेको छ ।

प्रशिक्षणलाई साेमबार सभापति देउवाले उद्घाटन गरेका हुन । मंगलबार समापन हुनेछ । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री डा.आरजु राणा, प्रवक्ता डा.प्रकाशशरण महत, काेषाध्यक्ष उमेश श्रेष्ठ, नेता बालकृष्ण खाण लगायतको उपस्थिति रहेको छ ।

Published : Tuesday, 2025 March 4, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया