कांग्रेस, एमालेसहित दलका सांसदहरूलाई काठमाडौं नछाड्न आदेश, मन्त्रीहरूकाे विदेश भ्रमण रद्द

काठमाडौं । अध्यादेशहरू पारित गराउन नेपाली कांग्रेस, एमालेसहितका नेताहरू गृहकार्यमा लागेका छन् ।

सरकारले अध्यादेश संसदमा पेश गर्ने तयारी गरेपछि कांग्रेस, एमालेले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएका छन् । मन्त्रीहरूकाे पनि विदेश जाने कार्यक्रमहरू रद्द गर्न कांग्रेस, एमालेसहितका सत्तारूढ दलहरूले आदेश दिएका छन् ।

प्रतिनिधि सभामा सत्तारूढ दलहरूकाे करिव दुईतिहाई बहुमत छ । तर, राष्ट्रिय सभामा सरकारलाई झिनाे बहुमत पुग्दैन । सरकारले बहुमतको लागि राष्ट्रिय सभामा विशेष रणनीति बनाएका छन् ।

Published : Monday, 2025 March 3, 7:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया