लुम्बिनीमा कांग्रेसको प्रचार विभागकाे कार्यक्रममा संस्थापन र शेखर समूहका नेताहरू एउटै मञ्चमा

बाुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसकाे ससूचना, सञ्चार तथा प्रचार विभागले `राष्ट्र निर्माणमा युवाको योगदान-तथ्यमा आधारित प्रचार अभियान´ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेकाे छ ।
आइतबार रुपन्देहीको तिलाेत्तमामा कांग्रेसका नेता शेखर कोइरालाकाे प्रमुख अतिथिमा कार्यक्रम भएको छ । नेताहरू बालकृष्ण खाण, प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्मा, मीनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री राेज राणा, उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी कांग्रेसका उपसभापति राजु खनाल, अब्दुल रज्जाक, गंगा शाही, भरत शाह लगायतको उपस्थिति रहेकाे थियाे ।
नेताहरूले कांग्रेसलाई बलियो बनाउनु पर्ने बताए । उनीहरूले कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्टसँगरहेकाे बताए । कार्यक्रममा संस्थापन र शेखर काेइराला समूहका नेताहरूसँगै एउटै मञ्चमा देखिएका थिए ।
बरु कार्यक्रममा शेखर काेइराला निकटका धेरै नेताहरू अनुपस्थित रहेका थिए । प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य डा.गाेविन्दराज पाेखरेलहरू कार्यक्रममा देखिएनन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया