रवि र निकितासँग रात्रिभाेज खाएर हिंडेका थापा अमेरिकमा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विश्वासपात्र समेत रहेका केन्द्रीय सदस्य माेहनजंग थापा पक्राउ परेका झन् ।

थापालाई अमेरिकामा अमेरिकन आप्रवासन र भन्सार पर्वतनले केही लिन अगाडि पकाउ गरेको बुझिएको छ । नेपालबाट अमेरिका आउने क्रममा पेन्सिल्भेनियाकाे फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको जनाइएकाे छ । प्रहरीले उनलाई फिलाडेल्फियाकाे संघीय हिरासतमा राखेकाे छ ।

थापासँग अमेरिकाकाे ग्रिनकार्ड पनि छ । संभवत साेही विषयमा साेधपुछका लागि पकाउ गरेकाे हुन सक्ने अमेरिकाामा बस्ने नेपालीहरूले अनुमान गरेका छन् । थापासँग ह्वाइटएपमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

थापा विगतमा लाइसेन्स दुरुपयोगकाे अभियाेगमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनी बिबादास्पद भएका कारण नेपालमा पनि प्रहरी निगरानीमा रहेका स्राेतले जनाएको छ ।

अमेरिका जानुभन्दा अगाडि थापा, रवि लामिछाने र निकिता पौडेलले बालुवाटारकाे रेष्टुरेन्टमा रात्रिकालीन भाेज खाएर विदाइ भएका थिए । थापाले लामिछाने गृहमन्त्री हुँदा बिचौलियाकाे काम गरेकाे आराेप लागेकाे छ ।

Published : Sunday, 2025 March 2, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया