सभापति देउवा साेमबार रुपन्देही जाने, क्षेत्रीय सभापतिहरूको प्रशिक्षण र भेला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्न रुपन्देही जाने भएका छन् ।
क्षेत्रीय सभापतिहरूको प्रशिक्षण साेमबार रुपन्देहीमा हुन लागेकाे छ । सभापति देउवा साेमबार बिहान काठमाडौंबाट भैरहवा विमानस्थल जानेछन् । सबै प्रदेशका जिल्लाका क्षेत्रीय सभापतिहरूको भेला र प्रशिक्षण हुन लागेकाे छ । प्रदेश क्षेत्रका सभापतिहरूको पनि सहभागिता रहनेछ ।
सभापति देउवालाई पार्टीका नेता तथा कार्यकताले स्वागतकाे तयारी गरेकाे कांग्रेसले जनाएकाे छ । प्रशिक्षण दुई दिन चल्नेछ । कार्यक्रममा सहभागी हुन नेताहरू रुपन्देहीमा जम्मा हुन थालेका छन् ।
Published : Sunday, 2025 March 2, 10:29 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया