सभापति देउवा साेमबार रुपन्देही जाने, क्षेत्रीय सभापतिहरूको प्रशिक्षण र भेला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्न रुपन्देही जाने भएका छन् ।
क्षेत्रीय सभापतिहरूको प्रशिक्षण साेमबार रुपन्देहीमा हुन लागेकाे छ । सभापति देउवा साेमबार बिहान काठमाडौंबाट भैरहवा विमानस्थल जानेछन् । सबै प्रदेशका जिल्लाका क्षेत्रीय सभापतिहरूको भेला र प्रशिक्षण हुन लागेकाे छ । प्रदेश क्षेत्रका सभापतिहरूको पनि सहभागिता रहनेछ ।
सभापति देउवालाई पार्टीका नेता तथा कार्यकताले स्वागतकाे तयारी गरेकाे कांग्रेसले जनाएकाे छ । प्रशिक्षण दुई दिन चल्नेछ । कार्यक्रममा सहभागी हुन नेताहरू रुपन्देहीमा जम्मा हुन थालेका छन् ।
Published : Sunday, 2025 March 2, 10:29 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया