सबै अध्यादेश अगाडि बढ्ने, प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवारी

काठमाडौं । सत्तारुढ दलहरूले सबै अध्यादेशहरूलाई निर्णयार्थ संसदको बैठकमा पेस गर्ने सहमति गरेका छन् ।
शुक्रबार साँझ बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ६ वटै अध्यादेशहरूलाई सदनमा निर्णयार्थ पेश गर्ने सहमति भएको हो । उनीहरूले फागुन २१ वा २२ गतेभित्र अध्यादेशहरूलाई सदनमा पेश गर्ने तयारी गरेका छन् ।
सत्तारुढ दलले अध्यादेश पास गर्न निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहमति गराउनेछन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भदौ २१ गतेभन्दा अघि नै जसपा र लोसपालगायतका सत्तारुढ दलहरूबीच छलफल गरेर एउटा निर्षकर्षमा पुग्ने निर्णय भएको बताएका छन् ।
आइतबारदेखि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले सत्तारुढ दलहरूसँग छलफल तथा समन्वय गर्ने छन् । पहिले अध्यादेश पेस गरेर संसदबाट स्वीकृत गराउने र प्रतिस्थापन विधेयक पेस गर्ने तयारी रहेको बर्तौलाले बताए ।
भूमिसम्बन्धी अध्ययादेशका बारेमा जसपा नेपालसँग छलफल गरी आवश्यक संशोधन गर्ने सहमति पनि सत्तारुढ दलबीच भएको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया