निगमका ३ ठूला र एउटा सानो जहाजमा भएको के हो ? कारबाहीका लागि छानविन समिति नै गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारो बडी विमान नाईन एन एकेडब्लुको फाईभ सी चेकमा भएको ढिलाइ र अन्य कारणका सम्बन्धमा अनुसन्धान गर्न ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।
बिहीबार निगमका प्रवक्ताद्वय रमेश पौडेल र मनोजकुमार साहले संयुक्त विज्ञप्ति जारी गरेर फाईभ सी चेकमा भएको ढिलाइ तथा अन्य कमिकमजोरीको बारेमा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निगमको एउटा न्यारो बडी विमान नाईन एन एकेडब्लु चीनको सेन्जेनमा फाईभ सी चेक सम्पन्न गरिसकेपश्चिा नियमानुसार गर्नुपर्ने कष्टम क्लिरेन्सको प्रक्रियामा समस्या आई उडान अनुमति पुनः आवश्यक परेकोले सो विमान आगामी फस्ट मार्च शनिबारका दिन काठमाडौं आइपुगी नियमित उठानमा जानेछ ।’
‘सो विमानको फाईभ सी चेक ढिलाई तथा अन्य कारणको सम्बन्धमा अध्ययन गरि यथार्थ विवरण केलाई कहिँ कसैको कमिकमजोरी पाइएमा कर्मचारी, मेन्टिनेन्स र रिपेयर संस्था र एजेन्ट समेतलाई कानूनी प्रक्रिया अनुसार कारबाहीको सिफारिस सहित पेश गर्न फागुन ११ मा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ’, निगमले भनेको छ ।
अर्को न्यारो बडी विमान नाईन एनएकेएक्स को नोज ल्याण्डिङ गियर मर्मतको लागि आवश्यक कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरि दिल्लीस्थित एयर ईण्डिया ईन्जिनियरिङ सभिसेज लिमिटेडमा मर्मत गराउने योजनाअनुरुप काठमाडौं–दिल्ली फ्रि फ्लाईटको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने वित्तिकै मर्मतको लागि दिल्लीतर्फ जाने र आवश्यक मर्मतपश्चात फस्ट मार्च शनिबारदेखि नियमित उडानमा रहने निगमतले जनाएको छ ।
निगमको आन्तरिक उडानमा प्रयोग हुने एउटा ट्वीन अटर विमानमा आवश्यक ईन्जिन ईन्स्टलेशन पश्चात ४ मार्चबाट विमान नियमित उडानमा जानेछ ।
निगमले अन्तर्राष्ट्रिय प्रचलनअनुसार विमान निर्माता कम्पनी र नियमनकारी निकायले तोकेको मापदण्डअनुसार मर्मतसम्भार गरि पूर्णरुपले उडानयोग्य भइसकेपश्चात यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उडान सञ्चालन गर्दै आएको जनाएको छ ।
कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्याहरू आउँदा छोटो समयको लागि विमान भूमिस्थ हुन सक्ने निगमले जनाएको छ । निगमको भण्डारमा भएको भन्दा फरक पार्टपुर्जा आवश्यक पर्ने भएमा सो पार्टपुर्जाको व्यवस्थापन बाहिरी मुलुकबाट आयात गर्नुपर्ने आवस्थामा केह दिन पनि लाग्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
निगममा रहेका दुई वटा वाईड बडी विमानहरूमध्ये एउटा विमान नाईन एनएएलजेड नियमितरुपले उडान गरिरहेको भन्दै प्रवक्ताद्वय पौडेल र साहले अर्को विमान नाईन एनएएलवाईको लागि आवश्यक पर्ने पार्टपुर्जा बेलायतबाट आइसकेको बताएका छन् । विमान मर्मतपछि बिहीबारबाटै काठमाडौं–दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ ।
निगमले यात्रुको सुविधालाई ध्यानमा राखेर निगमको आफ्नै उडान वा उपलब्ध भएसम्म अन्य वायुसेवा मार्फत आ–आफ्नो गन्तव्यमा पु¥याउने कार्य भइरहेको जनाएको छ । टिकट उपलब्ध नभएसम्मको लागि उचित होटलबासको व्यवस्था गरिएको निगमले जनाएको छ ।
प्राविधिक समस्याको कारणले सुजना भएको कठिन परिस्थितिमा यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गरेको छ ।


बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया