चीन भ्रमणमा कांग्रेस नेतृ सुजाता कोइराला, छेन्दु र बेइजिङमा भेटवार्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला चीन भ्रमणमा गएकी छिन् ।
कांग्रेस निकटका १५ जना नेता तथा कार्यकर्ताहरूको नेतृत्व गरेर कोइराला चीनको सिचवान प्रान्तमा पुगेकी हुन् । बुधबार उनले सिचवान प्रान्तका प्रमुख नेताहरूसँग छेन्दुमा भेटवार्ता पनि गरेकी छिन् ।
भेटका क्रममा उनीहरूका बीच आपसी सद्भाव र सहयोग अभिवृद्धिसँगै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे छलफल भएको भेटमा कांग्रेस नेता बर्मा लामाले बताएका छन् ।
कांग्रेस नेतृ कोइरालाले नेपाल र नेपालीको हित तथा विकासका लागि चीनले गर्दै आएको सहयोगको सराहना गरेकी छिन् ।
चीनको तर्फबाट सीपीसी सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु, सीपीसी सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना नेता सहभागी थिए ।
नेतृ कोइरालाको टोली ४ दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा चिनियाँ नेताहरूसँग भेटवार्ताको कार्यक्रम रहेको कांग्रेस नेतृ कोइरालाले बताएकी छिन् ।
नेतृ कोइराला नेता शेखर कोइरालालाई सभापति बनाउने भनेर लागेकी छिन् । शेखर कोइरालासँगको आन्तरिक सम्वादपछि नेतृ कोइराला चीन भ्रमणमा गएको चर्चा छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया