सभापति देउवाद्वारा महाशिवरात्रिको अवसरमा सुख, शान्ति र समृद्धिको कामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रि पर्वको अवसरमा शुभकामना दिएका छन् ।
बुधबार शुभकामना सन्देश जारी गरेर देउवाले भने, ‘हिन्दु धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्वपूर्ण र पवित्र पर्व हो ।’
उनले भने, ‘नेपालका विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रि लगायतका विभिन्न पर्वले सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका छन ।’
‘यी पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पु¥याएका छन्’, सभापति देउवाले भनेका छन् ।
उनले भने, ‘महाशिवरात्रिको यस अवसरमा म आपूm र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्पmबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया