अधिवेशनेका तयारी गर्न महिला संघकी अध्यक्ष उषा रावतको निर्देशन
दोलखा । नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले समयमा अधिवेशन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताएकी छिन् ।
मंगलबार नेपाल महिला संघ दोलखा जिल्लाको कार्यक्रममा अध्यक्ष रावतले महिला संघको अधिवेशन समयमा सम्पन्न गर्नका लागि आवश्यक तयारी सबैले जिल्लाहरूले गर्नुपर्ने बताइन् । उनले महिला संघको केन्द्रीय समितिको निर्णय र निर्देशनअनुसार जिल्लाहरूले जिम्मेवारी पूरा गर्न निर्देशन दिएकी छिन् ।
नेपाल महिला संघको विधान, क्रियाशील सदस्यता र आसन्न अधिवेशनका विषयमा छलफल भएको थियो । नेपाल महिला संघ दोलखाले अधिवेशनका लागि तयार रहेको भन्दै आफ्नो कामलाई अगाडि बढाएको जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुनप्रसाद शिवाकोटी, भूमि आयोगका अध्यक्ष राकेश श्रेष्ठ, महासमिति र महाधिवेशन प्रतिनिधिहरू, नेपाल महिला संघका प्रतिनिधिहरूले आ–आफ्ना विचार राखेका थिए ।
नेपाल महिला संघ दोलखाले पनि अधिवेशन सम्पन्न गर्न जिल्लाले गर्नुपर्ने कार्य समयमा सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको निर्देशन पालना गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय संगीता तामाङ र मीनासिंह प्रजापतिको पनि उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया