सभापति देउवाद्वारा यातायात व्यवसायी समन्वय विभागमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागका प्रमुख शिवप्रसाद हुमागाईंको सिफारिसमा १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा जमुनादेवी पोख्रेल (सुनसरी), प्रवेश चौधरी (धनुषा), प्रकाशकुमार नेपाल (रुपन्देही), संगीताकुमारी थारू (बाँके), केदारनाथ पौडेल (वर्दिया) रहेका छन् ।
रामप्रसाद सुवेदी (चितवन), नरबहादुर विश्वकर्मा (सुर्खेत), उमेश के.सी. (बाग्लुङ), होमबहादुर कुँवर (कञ्चनपुर) र राजकुमार गुरुङ (चितवन) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया